२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट लिए नाम फिर्ता
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

क्रिकेटर सन्दीप लामिछानेले आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको जनाएका छन् । उनले त्रिकोणात्मक टी-२० श्रृखला नखेल्ने भएका हुन् ।


सन्दीपले सामाजिक सञ्जाल मार्फत भनेका छन्,‘भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको छु । म मेरो जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छु ।’



अहिले परिवारलाई समय चाहिन्छ भन्ने महसुस गरेको उल्लेख गर्दै उनले अहिलेसम्म आफूले पाएका सबै आशीर्वाद र शुभकामनाहरूका लागि कृतज्ञतासमेत  व्यक्त गरेका छन् । 

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको छ । उक्त खेलहरू १ कात्तिकदेखि १० गतेसम्म हुँदै छन् । ती खेलहुनुअघि सन्दीपले आफ्नो नाम फिर्ता लिएका हुन् ।  





  • प्रकाशित मिति : २६ असोज, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया