आमिर खानले भने– म कुनै पार्टीको प्रचारक होइन

एजेन्सी– बलिउडका सबैभन्दा रुचाइने कलाकारमध्ये एक हुन्, आमिर खान । अहिले भारतमा निर्वाचनको मौसम सुरु भएको छ । त्यसैले कलाकारहरु पनि निर्वाचन अभियानमा तानिएका छन् । तर, आमिर राजनीतिक विचारको मामलामा पनि कति पर्फेक्ट छन् भने उनले आफू कुनै पनि पार्टीको नभएको र कुनै पनि पार्टीका लागि प्रचार नगर्ने बताएका छन् । 

प्रत्येक वर्ष आफ्नो जन्मदिनमा गर्नेजस्तै यो वर्ष पनि आमिरले पत्रकार सम्मेलन गरेका थिए । यहीबीच उनलाई पत्रकारले सोधे– आखिर प्रचारमा त नाम आएको छ नि ?

आमिरले जवाफ दिए– यो कुरा राम्रो हो कि यो विषयमा धेरैभन्दा धेरै मानिस जोडिएका छन् । अनि आमिरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि प्रशंसा गरे– हाम्रो देशका प्रधानमन्त्री मोदीले पनि राम्रो गरिरहेका छन् कि उनले हामीलाई अगाडि सारेर भए पनि निर्वाचनमा सहभागी हुन अनुरोध गरिरहेका छन् । 

उनले त्यहाँको निर्वाचन आयोग र मोदी दुवैको अनुरोधमा निर्वाचनको ब्रान्ड एम्बेसेडर भएको पनि बताएका छन् । ‘कलाकारले विन्ती गर्दा पक्कै राम्रो नतिजा आउँछ,’ उनले भनेका छन् । ‘म कसलाई भोट दिनुस् भन्न सक्दिनँ, मतदाताले आफैं सोचेर भोट गर्नुपर्छ,’ उनले भनेका छन्, ‘सही समयमा निस्किएर आएर भोट चाहिँ गर्नुपर्छ ।’

यो कुरा गर्दागर्दै आमिरले आफ्नो अन्तिम फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ बक्सअफिसमा सुपर फ्लप भएको पनि स्वीकारे र अब आफूले नयाँ फिल्ममा काम गर्ने पनि जानकारी दिए । 





  • प्रकाशित मिति : चैत ४, २०७५ साेमबार २०:२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया