logo-img

आरती शाहको न्याय माग गर्दै बृहत नागरिक आन्दोलन सडकमा (तस्बिरहरूसहित)

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

 
बृहत् नागरिक आन्दोलनले, मृतक आरती साहको न्याय माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । मृतक साहको हत्या भएको भन्दै आइतबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरिएको हो । 

विरोध प्रदर्शनमा सहभागीले दण्डहीनताको अन्त्य गर, आरती साहलाई न्याय पीडितमाथिको राज्य आतंक बन्द गर , न्याय नपाए कहाँ जाने ? लगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् । 

विरोध प्रदर्शनमा बृहत नागरिक आन्दोलनका अभियन्ता सञ्जीव उप्रेतीले आरती शाहको परिवारहरू न्यायको माग गर्दै १२२ दिन देखि धर्ना बसिरहँदा पनि सरकारले बेवास्ता गरेको भन्दै पीडितहरूको न्यायप्रप्तिको आन्दोलनमा ऐक्यबद्धता जनाउन आफूहरू आन्दोलनमा सहभागी भएको बताए ।
 
उनले भने,‘आरती साहको जुन हत्या भयो, उहाँको परिवारहरू झण्डै १२२ दिन देखि धर्ना बसिरहनुभएको छ । तर, उहाँको कुरा सरकारले सुनिरहेको छैन् । आमनागरिक मलाई अन्याय भयो पीडा भयो भनेर बस्छ भने सरकारको काम सुन्नु हो । उनीहरूसँग वार्ता गर्नु हो ।’ 

सरकारले बेला–बेलामा वार्ता गर्न बोलाउने तर वाचा पूरा नगर्ने गरेको उनले बताए । उनले जबसम्म पीडितहरुले न्याय पाउदैनन् तबसम्म आफूहरूले पीडितलाई सघाइरहने बताए । ‘त्यसैले उहाँहरुको न्यायप्राप्तिको जुन आन्दोलन छ, त्यसमा ऐक्यबद्धता जनाउन हामी आएका हौँ,’ उनले भने ।

विगत १२२ दिनदेखि मृतक आरती साहको परिवारका सदस्य न्याय माग्दै माइतीघर मण्डलामा धर्ना बसिरहेका छन् ।

आरती साह मृत्यु प्रकरणः ११० दिन सडकको वास, न्याय पाउने अझै आस



निर्मलादेवीको याचना कहिले सुन्छ सरकार ?

धनुषामा झुण्डिएको अवस्थामा महिला मृत फेला, दाइजोका कारण हत्या गरिएको माइती पक्षको आरोप



आरती साह मृत्यु प्रकरण : जिल्ला अदालत धनुषामा ढुंगामुढा, चारजना घाइते, एक पक्राउ

आरतीका श्रीमान् र ससुरालाई थुनामा पठाउने धनुषा जिल्ला अदालतको आदेश

आरती साह मृत्यु प्रकरण : न्याय माग्दै बाबुआमा धर्नामा, ६ दिनसम्म भएन सुनुवाइ

 

 

 

  • प्रकाशित मिति : असोज २८, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया