logo-img

दसैँ बिदामा पनि सर्वोच्चसहित सबै तहका अदालत खुला रहने

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

दसैँ बिदामा पनि केही निश्चित सेवाका लागि सर्वोच्चसहित सबै तहका अदालत खुला रहने भएका छन् । बन्दी प्रत्यक्षीकरणका लागि शनिबार र विजया दशमीको दिनबाहेक बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ ।  

बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गर्नका लागि कर्मचारीहरू बिहान १० बजे नै उपस्थित हुनेछन् । सर्वोच्च अदालतले असोज २९ गतेदेखि कात्तिक १० गतेसम्म सर्वोच्च अदालतमा उपस्थित हुने न्यायाधीशहरूको सूचीसमेत तयार गरेको छ । जसअनुसार असोज २९ गते न्यायाधीश सपना प्रधान मल्लले बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्नेछिन् ।

त्यसै गरी असोज ३० गते न्यायाधीश डा.आनन्दमोहन भट्टराईलाई जिम्मेवारी तोकिएको छ भने कात्तिक १ गते न्यायाधीश प्रकाशकुमार ढुङ्गानाले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्नेछन् । त्यस्तै, कात्तिक २ गते न्यायाधीश मनोजकुमार शर्मा, कात्तिक ३ गते नहकुल सुवेदीले रिट सुनुवाइ गर्नेछन् ।

कात्तिक ४ गते शनिबार भने अदालत बन्द रहनेछ । कात्तिक ५ र ६ गतेका लागि न्यायाधीश प्रकाशमान सिंह राउतले रिट सुनुवाइ गर्नेछन् । कात्तिक ७ गते विजया दशमीको दिन अदालत बन्द रहनेछ । 

यस्तै, कात्तिक ८ गते हरिप्रसाद फुयाँल ९ गते कुमार रेग्मी, १० गते न्यायाधीश तिलप्रसाद श्रेष्ठले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्नेछन् । कात्तिक ११ गते शनिबार अदालत बन्द रहने र आइतबारबाट भने अदालत नियमित सञ्चालनमा आउनेछ ।





  • प्रकाशित मिति : असोज २९, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया