नेप्से परिसूचक २३ अंकले घट्याे

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सेयर बजार मापक नेप्से परिसूचक २३ अंकले घटेको छ । साताको पहिलो कारोबार दिन सोमबार नेप्से २३.१६ अंकले घटेर १८५१.४३ को विन्दुमा पुगेको हाे । 

२८४ घितोपत्रको ४८ लाख ३७ लाख ८९३ कित्ता सेयर एक अर्ब २५ करोड ३२ लाख ९१ हजार ७० रुपैयाँमा किनबेच भएको छ । सेन्सेटिभ इन्डेक्स पनि ०.९४ प्रतिशतले घटेर ३५५.७४ को विन्दुमा झरेको छ ।

सबै उपसमूहको समूहगत सूचकमा राताम्य देखिएको छ । १३ वटा उपसमूहको समूहगत सूचक पनि घटेको छ । होटेल तथा पर्यटन उपसमूहको समूहगत सूचक सर्वाधिक २.०४ प्रतिशतले घटेको छ । 

सिद्धार्थ प्रिमियर इन्सोरेन्स लिमिटेडको सेयर सर्वाधिक ७.८७ प्रतिशतले बढेको छ । सयपत्री हाइड्रोपावर लिमिटेड र हाथवे इन्भेष्टमेन्ट नेपालको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेर बन्द भएको छ ।





  • प्रकाशित मिति : असोज २९, २०८० साेमबार १५:३९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया