१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

मदन पुरस्कार विजेता चित्तरञ्जन नेपालीको निधन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

इतिहासकार एवं मदन पुरस्कार विजेता चित्तरञ्जन नेपालीको निधन भएको छ । लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित नेपालीको काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा ९२ वर्षको उमेरमा निधन भएको हो ।  


वि.सं २०१३ सालमा उनले सामाजिक शास्त्र (विधा) विषयमा ‘जनरल भीमसेन थापा’ र ‘तत्कालीन नेपाल’ नामक ग्रन्थका लागि मदन पुरस्कार प्राप्त गरेका थिए ।



नेपालीको वास्तविक नाम नारायणप्रसाद राजभण्डारी हो । राणाविरोधी आन्दोलनका लागि उनले आफ्नो नाम चित्तरञ्जन नेपाली राखेका थिए ।

उनका कृति ‘जंगबहादुरको कथा’, ‘केही कृति : केही अभिव्यक्ति’, ‘पारिवारिक षडयन्त्रका कथाहरू’, नेपाली इतिहास परिचय (भाग १, २, ३), जनरल भीमसेन थापा र तत्कालीन नेपाल, नेपाल–चीन सिमाना सन्धि (इतिहास) लगायत प्रकाशित छन् ।



उनी १० साउन वि.सं १९८८ मा काठमाडौंको न्हैकन्तला टोलमा जन्मिएका थिए ।  



  • प्रकाशित मिति : ३० असोज, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया