नेप्से १३.१८ अंकले वृद्धि

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

साताकाे काराेबारकाे दाेस्राे दिन मंगलबार सेयर बजारको परिसूचक नेप्से १३.१८ अंकले बढेर १८६४ अंकमा अडिएको छ । दिनभर कुल १ अर्ब रुपैयाँको कारोबार भयो । 

१७३ कम्पनीको मूल्य बढ्दा ५७ को घट्यो भने ७ को स्थिर रहृयो । बैंकिङ १३, विकास बैंक ९, फाइनान्स २१, जलविद्युत् १५, जीवन बिमा ८८, उत्पादन १०, माइक्रोफाइनान्स २८ र अन्य उपसमूह ११ अंक बढे । त्यस्तै, व्यापार ३४, निर्जीवन बिमा ५१ र होटल तथा पर्यटन उपसमूह १३ अंक घटे ।

श्वेततगंगा हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ६.९ प्रतिशत बढ्यो भने हाथवे इन्भेस्टमेन्टको मूल्य ८.५ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा हाथवे इन्भेस्टमेन्ट, सानिमा जनरल इन्स्योरेन्स, एनआइसी एसिया बैंक, नबिल बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहे ।

  • प्रकाशित मिति : असोज ३०, २०८० मंगलबार १५:३३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया