भारतको नयाँ दिल्लीमा आयोजना हुन लागेको ७१औँ मिस वर्ल्ड प्रतियोगिता पुनः पछि सरेको छ । आगामी डिसेम्बरमा भारतमा निर्वाचन हुने भएपछि मिस वर्ल्ड प्रतियोगिता पछि सरेकोहो ।
मिस नेपाल आयोजक द हिडन ट्रेजरले मिस वर्ल्ड फिनालेको मिति पोस्टपोन्ड भएको जानकारी पत्र प्राप्त भएको जनाएको छ ।
हिडन ट्रेजरका अनुसार फिनालेको नयाँ मिति २ मार्च, २०२४ मा घोषणा भएको छ । चुनाव आसपास प्रतिस्पर्धीको सुरक्षालाई ख्याल गर्दै फिनाले तत्काललाई रोकिएको हो ।
नेपालबाट मिस नेपाल वर्ल्ड २०२२ प्रियंकारानी जोशीले सहभागिता जनाउँदै छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।