पहिले पिसाब चेक गरेर, खाना तयार गरिदिने रेष्टुरेन्ट !

एजेन्सी— सामन्यतया हामी जाने रेष्टुरेन्टमा पहिले नै मेनु हुन्छ र हामी त्यही अनुसार खाना अर्डर गर्छौँ । ती खानाको रेसिपी पनि होटल वा रेस्टुरेन्टले पहिले नै निर्धारण गरेका हुन्छन् । 

तर, अब जापानमा एउटा यस्तो रेष्टुरेन्टको परिकल्पना गरिएको छ जहाँ ग्राहकको शारीरिक आवश्यकता अनुसार खाना दिइनेछ । जापानी कम्पनी ओपन मिल्सले यस्तो तयारी सुरु गरेको हो । कम्पनीले आफ्नो रेस्टुरेन्टमा ग्राहकसँग पहिले पिसाबको स्याम्पल माग्नेछ, त्यसको जाँच गर्नेछ र ग्राहकको शरीरलाई आवश्यक भएअनुसारको पोषण तत्व भएको खाना सर्भ गर्नेछ । यसका लागि थ्रिडी प्रिन्टेड फुडको तयारी गरिरहेको ओपन मिल्सले जनाएको छ । यसको सुरुवात चाहिँ सन् २०२० देखि गर्ने लक्ष्य कम्पनीको छ । 

कम्पनीका अनुसार जाँचमा जुन पोषण तत्व शरीरमा कम छ, त्यही अनुसार खाना तयार गरिनेछ । अनि ग्राहकलाई आवश्यक पोषक तत्व खानामा सामेल गराइनेछ । र, यसलाई सुसीको रुपमा ग्राहकलाई दिइनेछ । कम्पनीले यो सुविधा लिन ग्राहकले पहिले नै रेस्टुरेन्टमा बुक गर्नुपर्ने बताएको छ । 





  • प्रकाशित मिति : चैत ५, २०७५ मंगलबार २१:१६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया