[गसिप] योगेश भट्टराई जे छन्, ठिकै छन् !

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारका केही मन्त्रीहरु हेरफेर हुने चर्चा चलिरहँदा नयाँ मन्त्रिपरिषद्मा ताप्लेजुङबाट निर्वाचित नेकपा नेता योगेश भट्टराई पनि मन्त्री हुने कुराले निकै चर्चा पाएको छ । 

तर, योबीच कहिले योगेशलाई प्रधानमन्त्री ओलीले अस्वीकार गरेका कुरा आइरहेका छन् त कहिले ठट्टा गर्दै योगेश र ओलीबीच मन्त्री बन्ने र सपथ खाने कुराकानी चलेको समाचार पनि बाहिर आइरहेका छन् । अझ योगेश स्वयंले केही व्यक्तिहरुलाई आफूलाई मन्त्री बन्ने प्रस्ताव आए पनि आफू मन्त्रिपरिषद्मा नजाने कुरा गरेको चर्चा पनि चलिरहेको छ । 

यहीबीच योगेश माइक्रोब्लगिङ साइट ट्विटरमा लेखेका छन्– म जे छु, ठिकै छु .... ।

 

के यसको अर्थ उनी अब मन्त्री बन्ने छैनन् भन्ने हो ? कि उनी मन्त्री बन्न चाहँदैनन् ? कि बाहिर चलिरहेका हल्लाहरु मात्र हुन् ? के अब योगेशलाई मन्त्री बन्ने कुरा गर्दा नै बिथोल्न खोजिएको हो जस्तो लाग्छ ? 



अर्कोतिर फेरि योगेश लगातार फिटनेस क्लब पनि गइरहने नेता हुन् । के उनी क्लबमा हुँदा मोबाइलमा बजेको गीतको अंश उनले छुस्स ट्विटरमा हालिदिएका त होइनन् ? 

फेरि यो ट्विट गरेको केही मिनेटमा नै योगेशले अर्को पनि ट्विट गरेका छन् । त्यसमा उनले लेखेका छन्, ‘जिन्दगीलाई निरस बनाउनु हुँदैन । रमाइला ठट्टालाई त्यही रुपमा बुझनु राम्रो । कुनै घटनासँग मल खाए संयोग मात्र हुनेछ ।’



यो केको ठट्टा भनेका हुन्, योगेशले ? उनै जानुन् । तर, प्रश्न त उब्जिएको छ– के योगेश भट्टराई अब मन्त्री बन्ने कुरा ठट्टा मात्रै थियो ? के उनलाई मन्त्री बनाउँछु भनेर निर्वाचनको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको वाचा ठट्टा मात्र थियो ? 

 

 

  • प्रकाशित मिति : चैत ५, २०७५ मंगलबार २३:४७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया