सुईमार्फत् फलफूलको जुस दिएपछि झन्डै मरिनन् चिनियाँ महिला !

एजेन्सी– आफूलाई स्वास्थ्य राख्ने उद्देश्यले चिनियाँ महिलाले फलफूलको जुस इन्जेक्ट गरिन् । तर, यसको असर उनीमा नकारात्मक देखियो । फलफूलको जुस इन्जेक्सनबाट दिएपछि उनले झन्डै ज्यान गुमाउनु परेन । 

यो ५१ वर्षीया महिलाको कुरा हो । उनी कलेजो, मिर्गौला, मुटु तथा फोक्सोमा विभिन्न समस्याबाट ग्रस्त छिन् । त्यसैले उनलाई सघन उपचार कक्षमा पाँच दिन राखिएको थियो । 

तर, उनले सघन कक्षमा नै आफूलाई इन्जेक्सन दिइन्, २० फलफूलको जुससहित । सिधै नसामा दिइएको त्यो इन्जेक्सनले झन्डै उनको ज्यान गएन । यो खबर बाहिर आएपछि चिनियाँ सामाजिक सन्जाल विबोका प्रयोगकर्ताले यसरबारे निकै लेखेका छन् । इन्जेक्सन दिएलगत्तै ती महिलाको तापक्रम र रक्तचाप बढेको अस्पतालले जनाएको छ । 

विबोमा ११ हजारभन्दा धेरै प्रयोगकर्ताले वृद्धले नसामा जुस हालिन् अर्थ दिने ह्यासट्याग प्रयोग गरेर यो समाचारलाई भाइरल बनाएका छन् ।





  • प्रकाशित मिति : चैत ६, २०७५ बुधबार १०:५३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया