काठमाडौं– आज फागूपूर्णिमा । नेपालको पहाड र हिमाली क्षेत्रमा रंगहरुसँग खेलेर मनाइँदै छ । तर, अब त यो पर्व नेपाली वा हिन्दूहरुको मात्र रहेन, नेपालमा आउने सबैका लागि हर्षोल्लासको पर्व भइसक्यो ।
हुने थिएन भने भ्रमण र अन्य कामको सिलसिलामा नेपाल आएका विदेशीहरु आफ्नो अनुहारलाई क्यानभास बनाएर रंगहरुको अर्थ पोत्न सायद लालायित हुने थिएनन् ।
बुधबार फरकधारका रोशन सिग्देल घुम्दैफिर्दै वसन्तपुर पुग्दा एउटा अनौठो संयोग देखे । त्यहाँ जति नेपाली थिए, झन्डै त्यही हाराहारीमा विदेशी पनि होलीमा रमाइरहेका थिए । सिग्देलको क्यामराले क्याप्चर गरेका केही विदेशी अनुहारः
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।