सेयर बजारमा सामान्य वृद्धि

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सोमबार सेयर बजार आज सामान्य बढेको छ । हिजो आइतबार २८ अंकले घटेको शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव शून्य चार अंकले बढेर एक हजार आठ सय ७८ दशमलव ७० विन्दुमा पुगेको हो । 

आज होटल, उत्पादन र म्युचल फन्डबाहेक सबै समूहको सेयर सामान्य उकालो लागेको छ । सबैभन्दा धेरै पञ्चकन्यामाई हाइड्रोपावर कम्पनीको सेयर झन्डै आठ प्रतिशत र मन्दाकिनी हाइड्रोको सेयर झन्डै छ प्रतिशतले बढेको छ । 

आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको सेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

बजार सामान्य बढेको दिन २८ लाख २४ हजार कित्ता सेयर ६९ करोड ४२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै साधना लघुवित्तको प्रमोटर सेयर तीन करोड ६० लाख रुपैयाँमा किनबेच भएको छ ।

  • प्रकाशित मिति : कात्तिक १३, २०८० साेमबार १५:३०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया