[भर्खरै] नीरव मोदी बेलायतमा गिरफ्तार, अदालतमा पेस गरिने

एजेन्सी- भारतीय एक बैंकको करोडाैँ रुपैयाँ लिएर चुक्ता नगरी फरार भएका नीरव मोदी बेलायतकाे लन्डनमा गिरफ्तारमा परेका छन् । उनीमाथि पन्जाब नेसनल बैंक (पिएनबी)को करिब १३ हजार करोड भारतीय रुपैयाँ लिएर भागेको आरोप छ । 

लन्डनस्थित वेस्टमिनिस्टर मजिस्ट्रेट कोर्टले उनीविरुद्ध वारेन्ट जारी गरेपछि उनी गिरफ्तारीमा परेका हुन् । माेदीले बेलायतमा भेष बदलेर हीराको कारोबार गरिरहेको भन्दै केही दिनअघि गार्जिअनका पत्रकारले एउटा भिडियो रिपोर्ट बनाएका थिए  । 

पन्जाब नेसनल बैंकले सन् २०१८ मा नीरव मोदी र उनका काका मेहुल चौकसीको नेतृत्वको ज्वेलरी समूहमाथि फर्जी बैंक ग्यारेन्टी गरेर कर्जा लिएको र धोका दिएको आरोप लगाएको थियो । तर, यो आरोप सार्वजनिक हुनुपूर्व नै उनीहरू भारत छाडेर फरार भइसकेका थिए ।  

नीरव मोदी पछिल्लो समय लन्डनमा देखिएको भन्दै चर्चा भएपछि भारतीय मिडियाले प्रश्न उठाएका थिए । भत्पश्चात् भारतको प्रवर्तन निर्देशनालयले लन्डन पुलिससँग उनलाई  गिरफ्तार गर्न अनुरोध गरेको थियो ।
 
यद्यपि, नीरब मोदी र मेहुल चौकसी दुवैले भष्ट्राचारको आरोप अस्वीकार गर्दै आएका छन् ।





  • प्रकाशित मिति : चैत ६, २०७५ बुधबार १५:३८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया