गैरआवासीय नेपाली संघको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा तनाव भएको छ ।
एमाले नेता महेश बस्नेत समेतको सहभागितामा कार्यक्रम भइरहेका बेला त्यहाँ पुगेका पत्रकारले फोटो खिच्न थालेपछि विवाद भएको र फोटो डिलेट गर्न भनेपछि युवासंघका कार्यकर्ताले हातपात गरेको पत्रकार ओम शर्माले बताए ।
पत्रकार शर्माको मुखमा चोट लागेको छ । चारदिशा डटकमका सम्पादकसमेत रहेका पत्रकार शर्मा पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष हुन् ।
उनले भने ‘म त्यहाँको कार्यक्रमबारे जानकारी लिन पुग्दा फोटो नखिच्न भन्दै आक्रमण भएको हो । म कुनै पनि पक्षको मान्छे होइन ।’
उनले आफुले आफूमाथि आक्रमण गर्नेमाथि कारबाहीको माग गर्दै जाहेरी दिन दरबारमार्ग प्रहरी कार्यालय पुगेको जानकारी दिए ।
कार्यालयको हलमा कार्यक्रम भइरहेका बेला आरके शर्मासहितको टोली पुगेपछि विवाद र हातपात भएको बद्री केसी समूहले बताएको छ ।
पराजित पक्षले वाइसिएल कार्यकर्ताको सहयोगमा केन्द्रीय कार्यालय कब्जा गर्न खोज्दा प्रतिकार गरेको केसी पक्षको दाबी छ ।
शर्मा पक्षले भने युवासंघका कार्यकर्ताले आरके शर्मालाई दुर्व्यवहार गरेको तथा बुद्धि सुवेदी र ओम शर्मालाई हातपात गरेर लखेटेको आरोप लगाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।