logo-img

विश्वकपमा आज न्यूजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दै, यस्तो छ हेड टु हेड

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र न्यूजिल्याण्ड खेल्दै छन् । यी दुई टिमबीचको खेल दिउँसो २ः१५ देखि पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसियसनको मैदानमा सुरु हुनेछ । 

दक्षिण अफ्रिका आज जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिन चाहन्छ । अहिले दोस्रोमा रहेको दक्षिण अफ्रिकाले ६ खेल खेल्दा पाँचमा जित र एक खेलमा मात्र हार बेहोरेको छ ।  



यस्तै, पाँचौं जितको खोजीमा रहेको न्यूजिल्याण्डले चारमा जित र दुई खेलमा पराजय बेहोरेको छ । ऊ दक्षिण अफ्रिकाविरुद्ध जित हात पार्दै अंक तालिकामा सुधार गर्न चाहन्छ । जारी विश्वकपमा दक्षिण अफ्रिका र न्यूजिल्याण्ड उच्च लयमा रहेकाले आजको खेल प्रतिस्पर्धात्मक हुने आकलन गरिएको छ ।

हालसम्म एकदिवसीय अन्तर्राष्ट्रियमा दक्षिण अफ्रिका र न्यूजिल्याण्डले एकअर्काविरुद्ध ७१ खेल खेलेका छन् । जसमा दक्षिण अफ्रिकाले ४१ र न्यूजिल्याण्डले २५ खेल जितेको छ । यी दुई टिमबीच भएको पाँच एकदिवसीय खेल भने नतिजाविहीन रहे । 



एकदिवसीय विश्वकपमा भने दक्षिण अफ्रिकाविरुद्ध न्यूजिल्याण्ड हाबी छ । विश्वकपमा हालसम्म यी दुई टिमबीच आठ खेल भएको छ । जसमध्ये न्यूजिल्याण्डले दक्षिण अफ्रिकालाई ६ खेलमा हराएको छ । 

पछिल्लो पाँच खेलको कुरा गर्दा तीनमा न्यूजिल्याण्ड र दुई खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । 



  • प्रकाशित मिति : कात्तिक १५, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया