पेसाले डाक्टर दक्षिण भारतीय अभिनेत्री प्रियाको हृदयाघातका कारण निधन भएको छ। बुधबार ३५ वर्षीया प्रियाको हृदयाघातका कारण निधन भएको हो।
आठ महिनाको गर्भवती रहेकी प्रिया नियमित चेकजाँचका लागि अस्पताल जाँदै आएकी थिइन् । अहिले उनको बच्चालाई आइसियुमा राखिएको छ।
‘मलयालम टेलिभिजन क्षेत्रमा एक अप्रत्याशित मृत्यु। प्रियाको हिजो हृदयघातका कारण निधन भएको,’ अभिनेता किशोर सत्यले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उनी ८ महिनाकी गर्भवती थिइन्। बच्चा आइसियुमा राखिएको छ। उनलाई अन्य स्वास्थ्य समस्याहरू थिएन ।’
प्रियाले मलयालम फिल्मसँगै केही टेलिशृंखलामा पनि अभिनय गरेकी छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।