छालामा होलीको रंग गाडिएर चिन्तित हुनुहुन्छ ? यी हुन् सजिलै रंग उतार्ने ७ उपाय

फगुको रंग धुँदा सजिलै नजान सक्छ । दिनभर फागु खेलेर साँझ नुहाउँदा छालाको रंग नउत्रिएर चिन्तित हुनुहुन्छ भने यी ७ मध्ये कुनै एक उपाय अपनाउन सक्नुहुन्छ । 

  • बेसनको पिठोमा कागती र दूध मिलाएर पेस्ट बनाई छालामा लगाउनुस् । १५ देखि २० मिनेटपछि मनतातो पानीले पखाल्नुस् । 
  • काँक्रोको रस निकालेर त्यसमा थोरै गुलाफ–जल र एक चम्चा सुन्तला वा मौसमको रस मिसाउनुस् । यसलाई राम्रोसँग फिटेर पेस्ट बनाउनुस् र अनुहार वा रंग लागेको भाग सफा गर्नुस् । यसले अनुहारमा लागेको दाग, धब्बा सजिलै हटाउँछ । 
  • मुलाको अलिकति रस निकालेर त्यसमा दूध र बेसन वा मैदा मिलाई पेस्ट बनाउनुस् । यसलाई छालामा लगाएर केहीबेर छोडिदिनुस्, र पखाल्नुस् । यसले छाला सफा र चम्किलो बनाउँछ । 
  • यदि तपाईंको छालामा निकै गहिरो रंग लागेको छ भने दुई चम्चा जिंक अक्साइड र दुई चम्चा क्यस्टर आयल मिलाएर लेप बनाउनुस्, र छालामा लगाउनुुस् । स्पोन्जले हल्का रगडेर पखाल्नुस् । त्यसको २०–२५ मिनेटपछि साबुन लगाएर धुनुहोस् । 
  • जौको आटा र बदामको तेल मिलाएर छालामा लगाउनुस्, र पखाल्नुस् । यसले गाडिएको रंग उतार्न मद्दत गर्छ ।  
  • दूधमा अलिकति काँचो मेवा पिँधेर मिसाउनुस् । यसमा अलिकति फुस्रो माटो वा बदामको तेल मिसाएर छालामा लगाउनुस्, र आधा घन्टापछि धुनुहोस् । 
  • सुन्तलाको बोक्रा, मुसुरोको दाल र बदामलाई पिँधेर दूधमा पेस्ट बनाउनुस् । यसलाई पूरै छालामा लगाएर मसाज गर्नुस्, र पानीले पखाल्नुस् । तपाईंको छाला सफा मात्र हुँदैन, त्यसमा चमक पनि थपिन्छ । 
     




  • प्रकाशित मिति : चैत ६, २०७५ बुधबार २०:१२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया