logo-img

विश्वकपमा लगातार सातौँ जितको खोजीमा भारत, आज श्रीलंकासँग भिड्दै

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

१३औँ संस्करणको आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र श्रीलंका खेल्दै छन् । यी दुई टिमबीचको खेल दिउँसो २ः१५ देखि मुम्बईस्थित वानखेडे स्टेडियममा सुरु हुनेछ ।

जारी विश्वकपमा घरेलु टिम भारत अपराजित छ । उसले लिग चरणको ६ खेल खेल्दा सबैमा जित निकालेको छ । यता श्रीलंका भने सेमिफाइनल दौडबाट लगभग बाहिरिसकेको छ । उसले ६ खेल खेल्दा चारमा हार तथा दुई खेलमा मात्र जित हात पारेको छ ।



श्रीलंका आज भारतलाई स्तब्ध पार्दै अंक तालिकामा सुधार गर्ने योजनामा छ । हालसम्म भारत र श्रीलंकाले १६७ एकदिवसीय खेल खेलेका छन् । जसमा भारतले ९८ र श्रीलंकाले ५७ खेल जितेको इतिहास छ ।

एकदिवसीय विश्वकपमा यी दुई टिमले ९ खेल खेलेका छन् । जसमा भारत र श्रीलंकाले समान चार खेल जितेका छन् । यी दुई टिमबीचको खेल भने रद्द भएको छ । 

हालसम् मभारतले दुई तथा श्रीलंकाले एकपटक एकदिवसीय विश्वकपको उपाधि जितेको छ । 





  • प्रकाशित मिति : कात्तिक १६, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया