logo-img

दशकपछि नेपाल विश्वकपमा, खेलाडी र समर्थकमा उत्साह [तस्बिरहरू]

नेपालले १० वर्षपछि आइसिसी टी–२० विश्वकप क्रिकेटमा स्थान बनाएको छ । शुक्रबार भएको एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराउँदै नेपालले आउँदो वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकपमा स्थान बनाएको हो । समूह चरणको अन्तिम खेलमा ओमानसँग हार बेहोरेपछि झस्किएको नेपाललाई सेमिफाइनल जित्नैपर्ने दबाब थियो ।

चर्को दबाबका बीच पनि उच्च प्रदर्शन गर्दै नेपालले विश्वकपको यात्रा गर्न सफल भयो । मूलपानी क्रिकेट मैदानमा भएको सेमिफाइनलका लागि नेपाल क्रिकेट संघ (क्यान) ले ३५ सय टिकट मात्र बाँडेको थियो । तर, मूलपानी मैदानमा दर्शकको ओइरो नै लाग्यो । शुक्रबार मूलपानी मैदान बाहिर पनि दर्शकको अत्यधिक भीड देखिन्थ्यो ।



तस्बिरमा हेरौँ मूलपानीमा क्रिकेट क्रेज र खेलाडीमा देखिएको उत्साह : 





  • प्रकाशित मिति : कात्तिक १७, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया