नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले रचना गरेको ‘साम्यवाद’ बोलको गीत सार्वजनिक भएको छ ।
नेपालमा पुँजीवाद होइन समाजवाद र साम्यवाद चाहिन्छ भन्ने भावमा रचिएको गीत आज काठमाडौंको बानेश्वरमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।
नेकपाका कै नेता चिरन सीको संगीत रहेको गीतमा चिरन सी, कर्ण विद्रोही, रमण थामी, लक्ष्मण सी, प्रगति महरा, सारदा रसाइली र सुशीला सीको स्वर सुन्न सकिन्छ ।
कार्यक्रममा प्रकाण्डले आफूले पहिल्यैदेखि गीत लेख्ने गरेको र अहिले यो गीत ल्याउन सफल भएको बताए । यो गीत नेपालका प्रगतिशील र क्रान्तिकारी गीत मध्यको पछिल्लो समयको निकै समय सान्दर्भिक गीत हुने रचनाकारले विश्वास गरेका छन् ।
गीतको एरेन्ज नारायण दङ्गाल र मिक्स मास्टरिङ्ग महेस्वरमान राजभण्डारीले गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।