logo-img

नेदरल्याण्ड्सविरुद्ध अफगानिस्तानको सानदार जित, सेमिफाइनल सम्भावना जीवितै

अफगानिस्तानले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा चौथो जित निकालेको छ । चौथो जित निकाल्नेक्रममा शुक्रबार सम्पन्न खेलमा अफगानिस्तानले नेदरल्याण्ड्सलाई ७ विकेटले हरायो ।

नेदरल्याण्ड्सले दिएको १ सय ८० रनको लक्ष्य अफगानिस्तानले ३१.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍याे । उसका लागि हसमतुल्लाह शाहिदीले अविजित ५६, रहमत साहले ५२, हजमतुल्लाह उमरजाईंले अविजित ३१, इब्राहिम जाद्रानले २० र रहमानउल्लाह गुर्बाजले १० रन बनाए ।

नेदरल्याण्ड्सका लागि लोगान भान बीक, साकिब जुल्फिकार र रिलोफ भान डर मर्रेले एक/एक विकेट लिए । त्यसअघि लखनउमा टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्स ४६.३ ओभरमा १ सय ७९ रनमै अलआउट भयो ।

उसका लागि स्याब्रान्ड एंगेलब्रेक्टले ८६ बलमा ६ चौकासहित सर्वाधिक ५८ रनको पारी खेले । यस्तै, म्याक्स ओडाउडले ४२ र कोलिन एकरम्यानले २९ रन जोडे । बाँकी ब्याटरले भने सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।

अफगानिस्तानका मोहम्मद नाबीले तीन, दुई र मुजीब उर रहमानले एक विकेट लिए । यो जितपछि अफगानिस्तानको सेमिफाइनलमा सम्भावना कायमै रहेको छ ।

ऊ आजको जितपछि अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । अफगानिस्तानले ७ खेलबाट ८ अंक जोडेको छ । यस्तै, नेदरल्यान्ड्सले ७ खेलबाट ४ अंक जोडेको छ । ऊ अंक तालिकाको आठौं स्थानमा छ ।  





  • प्रकाशित मिति : कात्तिक १७, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया