logo-img

विश्वकपमा आज भारत र दक्षिण अफ्रिका भिड्दै, यस्तो छ हेड टु हेड

१३औँ संस्करणको आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा आज आयोजक भारत र दक्षिण अफ्रिका खेल्दै छन् । यी दुई टिमबीचको खेल दिउँसो २ः१५ देखि कोलकातास्थित इडेन पार्कमा सुरु हुनेछ ।  

भारत र दक्षिण अफ्रिका सेमिफाइनल पुगिसकेका छन् । जारी विश्वकपमा भारतले लगातार सात खेले जितेको छ । अपराजित रहेको भारत आज दक्षिण अफ्रिकाविरुद्ध पनि जित निकाल्न चाहन्छ ।   



यस्तै, दक्षिण अफ्रिकाले ७ खेल खेल्दा ६ मा जित र एक खेलमा मात्र हार बेहोरेको छ । उसले नेदरल्याण्ड्ससँग मात्र हारको सामना गरेको छ । उत्कृष्ट लयमा रहेका भारत र दक्षिण अफ्रिकाबीचको खेल प्रतिस्पर्धात्मक हुने आकलन गरिएको छ । 

हालसम्म दक्षिण अफ्रिका र भारतले एकदिवसीय खेलमा ९० खेलमा एकअर्काको सामना गरेका छन् । जसमा दक्षिण अफ्रिकाले ५० र भारतले ३७ खेल जितेको छ । यी दुई टिमबीचको तीन खेल भने रद्द भएको छ ।

यस्तै, एकदिवसीय विश्वकपमा भारत र दक्षिण अफ्रिकाले ५ खेलमा एकअर्काको सामना गरेका छन् । जसमा दक्षिण अफ्रिकाले तीन र भारतले दुई खेल जितेको विगत छ । 





  • प्रकाशित मिति : कात्तिक १९, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया