गायक सुगम पोखरेलले अस्ट्रेलियामा आयोजित एक साङ्गीतिक कार्यक्रममा दर्शकलाई माइक्रोफोनले हानेका छन् । उनले अस्ट्रेलियाको एडिलेडमा आयोजित कन्सर्टमा दर्शकलाई माइक्रोफोनले हानेका हुन् ।
सुगमले दर्शकलाई माइक्रोफोनले हानेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियो हेर्दा सुगम नसामा मातेको पनि देख्न सकिन्छ । भिडियोमा उनले स्टेजबाट एकपटक झिल्के भन्न अनुरोध गर्छन् ।
त्यसलगत्तै सुगम नेपालमा भूकम्प परी ज्यान गुमाउनेहरूप्रति समर्पित भएर मौन धारण गर्न भन्छन् । तर, दर्शकले खासै चासो नदिएपछि उनले स्टेजबाट ओर्लिएर एक दर्शकलाई लक्षित गर्दै माइक्रोफोनले झटारो हानेको देख्न सकिन्छ ।
स्टेजमा दर्शकलाई माइक्रोफोनले हानेको भिडियोका कारण सुगमले सामाजिक सञ्जालमा लाइभमार्फत नेपाली समाज संवेदनहीन भइरहेको हो भन्दै प्रश्नसमेत गरेका छन् ।
‘देशलाई भूकम्पले गर्दा दुखिरहेको छ । देशलाई दुख्दा मलाई दुख्छ म नेपाली कलाकार हो । तपाईँले गर्दा भएको हो । हिजोको कार्यक्रम मौन धारण गरौँ भनेको थिए । त्यहाँ भिडियोमा देख्न सक्नुहुन्छ । एक्सनको रियाक्स त्यसको कारणले हो,’ सुगमले भिडियोमा भनेका छन्, ‘कसैको नेपाली मनलाई चित्त दुखाए भने क्षमा चाहन्छु । जहिले पनि नेपाली सङ्गीतको सेवा गर्नेछु ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।