logo-img

एक खेल अगावै सेमिफाइनल पुग्ने सोचमा अस्ट्रेलिया, अफगानिस्तान जित्नैपर्ने दबाबमा

भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र अफगानिस्तान भिड्दै छन् । यी दुई टिमबीचको खेल दिउँसो सवा २ दुई बजे मुम्बईस्थित वानखडे स्टेडिममा सुरु हुनेछ । 

दुवै टोलीको लागि यो खेल महत्वपूर्ण छ । पाँच पटकको च्याम्पियन अस्ट्रेलिया आजको खेल जित्दै सेमिफाइनल पुग्ने सोचमा छ । अफगानिस्तान सेमिफाइनल दौड जीवितै राख्न अस्ट्रेलियाविरुद्ध जित्नैपर्ने दबाबमा छ । 

पहिलो दुई खेल हारेको अस्ट्रेलियाले त्यसपछिका पाँच खेल भने लगातार जित्यो । ऊ ७ खेलमा १० अंकसहित तेस्रो स्थानमा छ । 

अफगानिस्तानले साबिक विजेता इंङ्ल्याण्ड, पाकिस्तान र श्रीलंकालाई हराइसकेको छ । ऊ सात खेलमा चार जितसहित आठ अंक जोडेर छैटौँ स्थानमा छ । 



हालसम्म अस्ट्रेलिया र अफगानिस्तानले विश्वकपमा दुई खेल मात्रै खेलेका छन् । जसमा दुवै खेल अस्ट्रेलियाले जितेको छ ।   



  • प्रकाशित मिति : कात्तिक २१, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया