प्रधानमन्त्री र ऊर्जामन्त्रीले खोले डिम्याट खाता, आज १० हजारको सेयर किन्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री वर्षमान पुनले आज माथिल्लो त्रिशुली ३ बी को सेयर किन्दै छन् । उनीहरुले जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत यो सेयर किन्न लागेका हुन् । यसका लागि दुवैले ग्लोबल आइएमइ बैंकमा खाता पनि खोलिसकेका छन् । 

जनताको जलविद्युत् कार्यक्रम संयोजनक समितिका अधिकारीका अनुसार ओली र ऊजामन्त्रीले अनलाइमार्फत् सेयर किन्न लागेका हुन् । दुवैले प्रधानमन्त्री निवास बालुवाटारमा सेयर किन्ने छन् । 

प्रधानमन्त्री र ऊर्जामन्त्रीले १० हजार रुपैयाँ बराबरको एक सय कित्ता सेयर किन्ने तयारी गरेका छन् । आजका लागि प्रधानमन्त्री स्वयंले सेयर किन्ने प्रस्ताव राखेका हुन् । प्रधानमन्त्री र ऊर्जामन्त्रीले सेयर लिएपछि बिहिबारबाट नै अन्य जनताले पनि सेयर किन्न पाउने छन् । 

यो आयोजना ३७ मेगावाटको आयोजना हो । यसमा सर्वसाधरणका लागि ४९ प्रतिशत र सरकारी निकायका लागि ५१ प्रतिशत सेयर स्वामित्व राखिने प्रावधान बनाइएको छ । यसका लागि अधिकतम १० लाखका १० हजार सेयर आवेदन दिन पाइने ती अधिकारीले बताएका छन् । 






  • प्रकाशित मिति : चैत ७, २०७५ बिहीबार ८:४२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया