नखानुहोस् एस्पिरिन, निम्तन्छन् समस्या

काठमाडौं– धेरै वर्षदेखि एस्पिरिनलाई मुटुरोगसँग सम्बन्धी उपचारका लागि प्रयोग गर्ने गरिएको थियो । तर, अब अमेरिकी कलेज अफ कार्डियोलोजी तथा अमेरिकी हर्ट एसोसियसनले नयाँ निर्देशिका जारी गरेको छ, चिकित्सहरुलाई यो औषधि प्रयोग नगर्न सुझाव दिएको छ । 

न्युयोर्क टाइम्समा प्रकाशित एक समाचारअनुसार अब एस्पिरिन ७० वर्षभन्दा माथिका कसैलाई पनि दिनु हुँदैन । यो निर्देशन दिने एक डा. एरिन माइकोसले भनेका छन्– मुटु बिरामीहरुलाई एस्पिरिन दिने चलन थियो, तर यसले भित्री ब्लिडिङ गर्ने सम्भावना बढाउँदो रहेछ । त्यसैले एस्पिरिन कसैले पनि नदिँदा राम्रो हुन्छ । 

सन् २०१८ मा आएको अर्को एक रिपोर्टले पनि एस्पिरिन वृद्ध व्यक्तिहरुका लागि फाइदाजनक नभएको निष्कर्ष निकालेको थियो । 





  • प्रकाशित मिति : चैत ७, २०७५ बिहीबार १०:१७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया