नेकपामा जुट्न सकेन सहमति, एकता प्रक्रियामा ढिलाइ

काठमाडौं– उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सबै तल्ला तहमा सहमति नजुटेका कारण एकता प्रक्रियाले समय लिएको बताएका छन् । मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित ३ नम्बर प्रदेशस्तरीय भेलामा उनले स्थानीय तहदेखि नै सहमति जुट्न सके एकता प्रक्रिया सहज हुने उल्लेख गर्दै तल्ला तहमा सहमति जुट्न नसक्दा समय लागेको स्पष्ट पारे । 

नेकपाका सचिवालय सदस्यसमेत रहेका पोखरेलले भने, ‘एकता प्रक्रियालाई स्पष्ट रूपमा अगाडि बढाउन जरुरी छ, कतिपय तल्ला तहबाट मिलेको पनि पाइएको छ, तल्ला तहहरु आफैँ मिलेर आउँदा एकता प्रक्रियामा अझ सहज हुने थियो ।’ तत्कालीन नेकपा (एमाले) जनताको बहुदलीय जनवादको धारलाई लिएर अगाडि बढेको स्मरण गराउँदै मन्त्री पोखरेलले भने, ‘दुवै पार्टीका राम्रा कुरालाई लिएर अगाडि बढ्नेभन्दा अलमल भइरहेको छ, स्पष्ट विचार लिएर छिटो अघि बढ्न जरुरी छ ।’ 

उनले अस्पष्ट विचार लिएर बस्दा गन्तव्यमा पुग्न नसकिने हुँदा पार्टीले स्पष्ट विचार लिएर पार्टीलाई सांगठनिक रूपमा अगाडि बढाउन जरुरी भएको बताए । सरकारकाले जनअपेक्षाअनुरूप काम गर्न खोजिरहेको र कानुन बनाउन केन्द्रित हुनुपर्ने भएको हुँदा केही ढिलाइ भए पनि अब द्रुत गतिमा काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । 





  • प्रकाशित मिति : चैत ७, २०७५ बिहीबार १४:५९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया