सेयर बजारमा निरन्तर गिरावट

काठमाडौं– पछिल्ला दिनमा ओरालो लाग्दै आएको सेयर बजार बिहीबार पनि करिब सात अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबारमापक नेप्से परिसूचक ६.८६ विन्दुले घटेर एक हजार १४०.६० विन्दुमा पुगेको छ । 

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५२ विन्दुले घटेर २४२.४७ विन्दुमा पुगेको छ । स्टकका अनुसार कुल १७१ कम्पनीको नौ लाख ४७ हजार ७ सय २६ कित्ता सेयर २७ करोड २४ लाख ९४ हजार ५ सय ६५ मूल्यमा खरिद–बिक्री भएका छन् । 

कारोबार भएका ११ उपसमूहमध्ये बिहीबार चार उपसमूहको सेयर बढेको छ भने सात उपसमूहको सेयर घटेको छ । होटल १.०३, विकास बैंक २.७६, उत्पादन १.१६ र अन्य उपसमूह ०.७७ विन्दुले बढेको छ । यस्तै, बैंकिङ ७.१९, व्यापार २.७९, जलविद्युत् ५.१८, वित्त १.३७, निर्जीवन बिमा ६९.१८, लघुवित्त १०.४६ र जीवन बिमा ६१.७६ विन्दुले घटेको छ । 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको दुई करोड चार लाख ४२ हजार ९ सय ७० मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहेको छ । यस्तै, ग्लोबल आइएमई बैंकको संस्थापक सेयर एक करोड ८२ लाख ९० हजार ८ सय ८०, सिटिजन बैंकको रु ९६ लाख ८७ हजार ६ सय ३, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडको ९३ लाख ६५ हजार ४ सय ३१, एनआइसी एसिया बैंकको ८८ लाख सात हजार ८७ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहेका छन् । 

स्टकका अनुसार आशा लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.९१ प्रतिशतले कमाउँदा भार्गव विकास बैंक ३.६५, सांग्रिला डेभलपमेन्ट बैंक ३.५५, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका सेयरधनीले २.७८ प्रतिशतले कमाएका छन् । 

यसैगरी, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ५.७४, उन्नति लघुवित्त वित्तीय संस्था ५.४३, किसान लघुवित्त वित्तीय संस्था ५.२०, नागबेली लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ४.६८ प्रतिशतले गुमाएका छन् ।





  • प्रकाशित मिति : चैत ७, २०७५ बिहीबार १७:१३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया