मेसेन्जरमा आउँदै छन् ह्वाट्सएपका यी फिचर

फेसबुकले ह्वाट्सएपका धेरैजसो फिचर मेसेन्जरमा पनि दिने तयारी गरेको छ । रिपोर्टअनुसार, अब मेसेन्जरमा पनि कोट एन्ड रिप्लाई फिचर दिइनेछ । यसको अर्थ, तपाईं कन्भर्सेसनका बीच कुनै एक मेसेजलाई कोट गरेर त्यसको ठीक मुनि देखाउने गरी रिप्लाई गर्न सक्नुहुन्छ । यो फिचर ह्वाट्सएपमा पहिलेदेखि नै उपलब्ध छ ।

मेसेन्जरको यो नयाँ फिचरको स्क्रिनसट भेन्चरबिटले सार्वजनिक गरेको छ । तर, यो फिचर आम प्रयोगकर्तालाई कहिलेदेखि उपलब्ध गराइनेछ भन्ने अहिलेसम्म खुलाइएको छैन । 

हालै मेसेन्जरमा ‘डार्क मोड’ फिचर दिइएको छ । यसलाई इनेबल गर्न कुनै च्याटमा मुन (चन्द्रमा) को इमोजी पठाउनुपर्नेछ । त्यसपछि युजरलाई अन÷अफ गर्ने अप्सन देखाउँछ । 

फेसबुक मेसेन्जरमा ह्वाट्सएपका थुप्रै फिचरहरु आइसकेका छन् । यसैगरी, मेसेन्जरका फिचर पनि ह्वाट्सएपमा दिइएका छन् । यी दुवै प्लेटफर्मको माउ कम्पनी फेसबुक हो । 

यी फिचरहरुले संकेत गर्दछन् कि कम्पनीले छिटै क्रस प्लेटफर्म मेसेजिङको सुविधा ल्याउँदै छ । हालै फेसबुक सिइओ आर्क जुकरबर्गले मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएपलाई मर्ज गर्ने योजना सुनाएका थिए । उनले भनेको ‘मर्ज’को अर्थ तीनवटै प्लेटफर्मलाई मिलाएर क्रस मेसेजिङ प्लेटफर्म तयार गर्ने तयारी हो । ता कि, मेसेन्जर, ह्वाट्सएप र इन्स्टाबाट एकअर्काका युजरसँग च्याट गर्न सकियोस् ।





  • प्रकाशित मिति : चैत ७, २०७५ बिहीबार १७:५८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया