प्रधानमन्त्रीले भुवन केसीलाई भने– बेस्ट अफ लक !

काठमाडौं– होलीको मौका छोपेर फिल्म क्याप्टेन हेर्न हल पुगेका प्रधानमन्त्री केपी ओली शर्माले फिल्म आफूलाई निकै मन परेको प्रतिक्रिया दिएका छन् । हलमा फिल्म हेरिसकेपछि फिल्मका निर्मार्ता तथा अभिनेता अनमोल केसीका बुबा भुवन केसीलाई प्रधानमन्त्रीले बधाई दिएका छन् । 

‘अहिले देशमा जस्तो फिल्म चाहिएको छ,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै भुवन केसी फरकधारसँग भने, ‘त्यस्तै बनाउनु भएको रहेछ । यसका लागि तपाईंलाई बधाई तथा बेस्ट अफ लक ।’

प्रधानमन्त्री ओलीले फिल्मको विषयवस्तु मात्र नभएर अनमोल, इशान खड्कालगायतको अभिनय पनि खुबै मन पराएको केसीले बताए ।

आफू पनि फिल्म राम्रो चलिरहेकाले खुसी नै भएको भुवनले बताए । 

तपाईं र ओलीबीच राजनीतिक कुरा भएन त भन्ने प्रश्नमा भुवन हाँसे अनि भने, ‘भएन, एक थोपा पनि भएन ।’ त्यसपछि भुवनले जोडे, ‘अहिले तत्काललाई मेरो राजनीतिक च्याप्टर क्लोजजस्तै हो ।’

हलमा फिल्म हेर्न पुगेका ओलीले होली पनि त्यहाँ नै मनाएका थिए । होलीको टिका एकअर्कालाई लगाएपछि उनले प्रतिक्रिया दिएका थिए– होलीमा फिल्म हेर्न आउनु त संयोग नै हो, युवाहरुका रंगीन सपना बढाउन खोजेकाले यो फिल्म हेर्नुलाई रंग पनि मिसाउन सकिन्छ । 



ओली मन्त्री र नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलाई लिएर फिल्म हेर्न हल पुगेका थिए ।



  • प्रकाशित मिति : चैत ७, २०७५ बिहीबार १८:२८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया