स्विस प्रतिनिधिलाई अर्थमन्त्रीको आग्रह– सुरुङमार्ग निर्माण द्रुतगतिमा अघि बढाऊँ

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडासँग स्विस डेभलपमेन्ट कोअपरेसन एजेन्सीका महानिर्देशक एचई मेनुएर सागरले शिष्टाचार भेट गरेका छन् । 

अर्थ मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री डा. खतिवडाले नेपालको समग्र विकास प्रयासमा स्विस सरकारले पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गरे । दुई नेताबीच थप सहयोगका क्षेत्रहरुबारे छलफल भयो । 

विशेषगरी, यातायात तथा सुरुङमार्ग निर्माणमा स्विस सरकारको विशेष दक्षता र अनुभव रहेकाले सो प्रविधिलाई नेपालमा प्रयोग गर्न चाहेको अर्थमन्त्री खतिवडाले बताए । उनले नेपाल सरकारले प्रस्ताव गरेका दुई सुरुङमार्गको निर्माणलाई द्रुतगतिमा अगाडि बढाउन स्विस सरकारसँग विशेष आग्रह गरे । 

बैठकमा  महानिर्देशक सागरले नेपालले राजनीतिक स्थिरता प्राप्त गर्न सफल भएको तथा नयाँ संविधान कार्यान्वयनको चरणमा रहेकोमा खुसी व्यक्त गर्दै नेपालको भौगोलिक विविधताका कारण प्राप्त गर्न सक्ने लाभका क्षेत्रहरुमा आगामी दिनमा पनि सहयोगको निरन्तरता रहने प्रतिबद्धता व्यक्त गरे । 
 





  • प्रकाशित मिति : चैत ७, २०७५ बिहीबार १९:५१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया