नरेन्द्र माेदी बनारसबाट चुनाव लड्ने !

एजेन्सी— भारतकाे सत्तारुढ दल भारतीय जनता पार्टीले आगामि लाेकसभा निर्वाचनका लागि उम्मेदवारकाे सूची सार्वजनिक गरेकाे छ । त्यसअनुसार भारतका प्रधानमन्त्री नरेन्द्र माेदी बनारसबाट चुनाव लड्ने भएका छन् । यसअघि पनि उनी त्यही सिटबाट चुनाव लडेका थिए ।

 

बिहीबार साँझ भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा केन्द्रीय मन्त्री जेपी नड्डाले याे सुची सार्वजनिक गरेका हुन् । यसअघि भारतीय जनता पार्टीले यसपटक ठूला नामलाई निर्वाचनमा नउठाउने अनुमान गरिएकाे थियाे । 

पार्टीका अध्यक्ष अमित शाह गान्धीनगरबाट चुनाव लड्ने सूचीमा उल्लेख गरिएकाे छ । अहिलेका गृहमन्त्री राजनाथ सिंह लखनउबाट, स्मृति इरानी अमेठीबाट, गाजियावादबाट विके सिंह चुनाव लड्दै छन् ।

 

 





  • प्रकाशित मिति : चैत ७, २०७५ बिहीबार २०:८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया