इराक– इराकको उत्तरी सहर मोसुलमा भएको फेरी (डुंगा) दुर्घटनामा कम्तीमा ५५ जनाको मृत्यु भएको छ ।
कुर्दिस नयाँ वर्ष मनाइरहेका बेला बिहीबार तिग्रिस नदीमा दुर्घटना भएको गृह–मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।
नागरिक सुरक्षा समूहले अहिलेसम्म ५५ जनाको शव भेटाएको र अरु उद्धार तथा खोजी कार्य जारी रहेकाे एक अधिकारीलाई उद्धृत गर्दै इराकी मिडियाले बताएका छन् ।
मोसुलको पर्यटक व्यापारिक केन्द्रतर्फ परिवार तथा बालबालिकाहरु लिएर आइरहेको फेरी दुर्घटनामा परेको हो । उद्दार कार्य जारी रहेकाले यसबारे विस्तृत विवरण आइनसकेको अधिकारीहरुले बताएका छन् ।
घटनापछि कैयौँ व्यक्ति सम्पर्कमा आउन नसकेका र उनीहरुको मृत्यु भएको हुन सक्ने बताउँदै अधिकारीले मृतकको संख्यामा वृद्धि हुन सक्ने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।