अनलाइनबाट तिर्ने व्यवस्था हुँदहुँदै कोरिया जाने सपना पालेर रातभर लाइन बसे नेपाली युवा !

काठमाडौं– रोजगारका लागि दक्षिण कोरिया जान चाहने कामदारका लागि आजबाट कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको छ । परीक्षा दिएर कोरिया जाने सपना पालेर युवाहरु ग्लोबल आइएमइ बैंकका काउन्टर अगाडि लामो लाइनमा छन् । तर, सरकारले यसपटक अनलाइन सिस्टमबाट पनि भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ । इसेवा, आइएमइ पेलगायतका अनलाइनबाट पनि यसपटक आवेदन शुल्क तिर्न सकिने व्यवस्था सरकारले मिलाएको थियो ।

कोरिया जान चाहनेका लागि परीक्षा फारम आजबाट खुलेर १७ चैतसम्म बुझाउन सकिने सरकारले जनाएको छ । कोरियन भाषा परीक्षा चाहिँ २५ र २६ जेठमा हुँदैछ । यसपटक काठमाडौं र पोखराका दुई केन्द्रमा परीक्षार्थीले परीक्षा दिन पाउने छन् । यसको नतिजा १३ असारमा आउँदै छ । 

यही विषयमा आजको नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ ।
 





  • प्रकाशित मिति : चैत ८, २०७५ शुक्रबार ८:१६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया