ट्रम्पले ट्विट गरे, पहिलो पटक अमेरिकाले भन्यो– गोलन हाइट्स इजरायलको

एजेन्सी— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै ऐतिहासिक निर्णय सुनाएका छन् । उनले ट्विटबाट गोलन हाइट्सलाई इजरायलको क्षेत्र भएको आधिकारिक मान्यता दिएका हुन् । 

सन् १९६७ मा सिरियासँग भएको युद्धपछि इजरायलले गोलन पहाडलाई आफ्नो कब्जामा लिएको थियो । त्यसयता सिरिया र इजरायलबीच यो क्षेत्रबारे विवाद कायम छ । 

इजरायलले सन् १९८१ म यो क्षेत्रलाई आफ्नो दाबी गर्दै गोल हाइट्समा आफ्नो प्रशासन तथा कानुन लागू गरेको थियो । तर, विश्वभरका देशले यसलाई मान्यता दिएका थिएनन् । सिरियाले लगातार यस क्षेत्रलाई फिर्ता पाउन प्रयास गरिरहेको छ । 

इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले गोलन हाइट्सलाई इजरायलको मान्यता दिएकोमा राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन् । उनले पनि ट्विट गरेका छन्, ‘एउटा यस्तो समयमा जब इरान, इजरायललाई बर्बाद बनाउन सिरियालाई प्रयोग गरिरहेको छ, राष्ट्रपति ट्रम्पले इजरायली सम्प्रभुता स्वीकार गरेका छन् । राष्ट्रपति ट्रम्पलाई धन्यवाद ।’

अमेरिकाको यो धारणाप्रति अहिलेसम्म सिरियाको सरकारले कुनै प्रतिक्रिया दिएको छैन । 
 





  • प्रकाशित मिति : चैत ८, २०७५ शुक्रबार ८:५३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया