भारतीय विदेश सचिव गोखले नेपाल आउँदै

 काठमाडाैं– भारतीय विदेश सचिव विजय केशव गोखले नेपाल आउने भएका छन् । उनी मार्च २८ मा दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपालले लगानी सम्मेलनकाे तयारी गरिरहेकाे बेला भारतीय विदेश सचिव नेपाल आउन लागेका हुन् । 

चैत १५ र १६ गते काठमाडौंमा लगानी सम्मेलन हुँदै छ ।

गोखलेले नेपाली अधिकारीहरुसँग भारतीय सहयोग कार्यक्रम र दुईपक्षीय सम्बन्धकार विभिन्न विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएकाे छ । 

नेपाल रहँदा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्टमन्त्री प्रदीप ज्ञवाली र अन्य शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ ।





  • प्रकाशित मिति : चैत ८, २०७५ शुक्रबार ९:१०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया