५ महिनाकी छोरी लिएर संसद पुगेपछि सभामुखले निकालिदिइन् सांसद्

एजेन्सी— विश्वभर बच्चाहरुलाई पाल्न महिलाका लागि विभिन्न सहुलियत दिइएका हुन्छन्  । तर, विकसित भनिएको डेनमार्कमा एउटा अनौठो घटना भएको छ । सांसद् मेते अबिल्डगार्डले जब पाँच महिनाकी छोरी लिएर संसद भवन पुगिन्, सभामुखले कडा प्रतिक्रिया दिइन् । 

मेतेले छोरी लिएर गएपछि सभामुख पिया जेर्सगार्डले रिसाउँदै उनलाई निकालिदिएकी हुन् । उनले मेतेलाई बाहिर जान आदेश दिइन् । तर, अब डेनमार्कमा सभामुखको यो आदेशको चर्को आलोचना भइरहेको छ ।

सभामुख पियाले मेतेलाई भनेकी थिइन्,‘तपाईं बच्चा लिएर संसद आउन सक्नुहुन्न ।’ पिया दक्षिणपन्थी डेनिस पिपुल्स पार्टीकी पूर्वनेता हुन् । उता, मेतेले आफ्नी छोरी हेर्ने कोही नभएकाले पहिलो पटक काम गर्ने ठाउँमा छोरी लिएर आएको बताएकी थिइन् । उनको पार्टी कन्जरभेटिभले यो कुरा आफ्नो फेसबुकमा सेयर गरेको थियो । निकै छोटो समयमा उसले राम्रो प्रतिक्रिया पायो । 

त्यसो त डेनमार्कमा महिला गर्भवती हुँदा नै १८ साता छुट्टी दिने कानुन छ । बच्चा जन्मिउको समयमा आमाबाबु दुबैजनालाई ३२ साता छुट्टी पाउँछन् । 

योसँगै अघिल्लो वर्ष न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्दा आर्डर्नले संयुक्त राष्ट्रसंघको महासभामा आफ्नी बच्चा लिएर गएको र क्यानडाकी मन्त्री करिनाले बच्चालाई स्तनपान गराएको कुरा पनि बाहिर आएका छन् ।





  • प्रकाशित मिति : चैत ८, २०७५ शुक्रबार ९:१४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया