अर्थशास्त्री मदनकुमार दाहालको निधन

काठमाडौं– अर्थशास्त्री डा.मदनकुमार दाहालको शुक्रबार दिउँसो निधन भएको छ । 

७० वर्षीय दाहाल प्याङ्क्रियाजको समस्याबाट ग्रस्त थिए । उनकाे उपचारका क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा निधन भएको हो । 

अर्थशास्त्रमा मुम्बई विश्वविद्यालयबाट सन् १९८३ मा विद्यावारिधी गरेका दाहालले चार दशक त्रिभुवन विश्वविद्यालयमा अध्यापन गरेका थिए । उनले सन् १९७१ देखि २००९ सम्म विश्वविद्यालय पढाएका थिए ।

 उनी २००९ देखि २०१६ सम्म मेघा बैंककाे सञ्चालक समितिको अध्यक्ष पनि थिए । 

अर्थशास्त्रको क्षेत्रमा उनका धेरै अनुसन्धानात्मक कृतिहरु पनि प्रकाशित छन् । उनी वित्तिय नीतिका विज्ञ थिए । 





  • प्रकाशित मिति : चैत ८, २०७५ शुक्रबार १४:१४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया