logo-img

हब इन्टरनेशनलमा अन्तरक्रिया गर्दै क्यानडाको फ्लेमिङ कलेज

फ्लेमिङ कलेजले आगामी आइतबार (२६ नोभेम्बर) मा हब इन्टरनेशन एजुकेसनमा अन्तरक्रिया कार्यक्रम गर्दैछ । कार्यक्रम आइतबार दिउँसो साढे १२ देखि २ बजेसम्म हात्तीसारस्थित हब एजुकेसन कार्यालयमा सञ्चालन हुनेछ ।

उक्त अन्तरक्रियामा फ्लेमिङ कलेजमा हुने शैक्षिक गतिविधिको बारेमा जानकारी दिइनेछ । यस कार्यक्रमले क्यानडालाई शैक्षिक गन्तव्य बनाउने योजना गरिरहेका विद्यार्थीलाई मार्ग दर्शन गर्ने काम गर्ने फ्लेमिङ कलेजले जनाएको छ । 

यस्तै, विद्यार्थीले यस कार्यक्रममार्फत फ्लेमिङ कलेज, ओन्टारियोमा सुनौलो भविष्य बनाउने अवसर प्राप्त गर्ने बताइएको छ । क्यानडाको ओन्टारियोमा अवस्थित फ्लेमिङ कलेज विद्यार्थीहरूलाई उत्कृष्ट शिक्षा प्रदान गर्ने कलेजका रूपमा परिचित छ ।  

कलेजले विद्यार्थीलाई उत्कृष्ट शिक्षा प्रदान गर्नका लागि विशेष कोर्स डिजाइन गरेको छ । कलेजले अत्याधुनिक सेवा, सुविधासहित विद्यार्थीलाई अध्ययनको वातावरण प्रदान गर्दछ । कार्यक्रममा ​फ्लेमिङ कलेजका तर्फबाट समीर जावेद उपस्थित रहनेछन् । 

अन्तरक्रियामा जावेदले विद्यार्थीको अध्ययनको रूचिका आधारमा विद्यार्थीलाई मार्गदर्शन गर्ने कार्य गर्नेछन् । कार्यक्रममा फ्लेमिङ कलेज, ओन्टारियोले प्रदान गर्दै आइरहेको शैक्षिक अवसरहरूको बारेमा प्रकाश पारिनेछ । 

यस्तै, फ्लेमिङ कलेजमा अध्ययन गर्न रूचि भएका विद्यार्थीलाई विषय छनोट र भर्ना कार्यक्रमका बारेमा व्यक्तिगत सल्लाह दिइनेछ । कार्यक्रममा फ्लेमिङ कलेजमा छात्रवृत्ति र वित्तीय सहायताका विकल्पबारेमा पनि जानकारी दिइने बताइएको छ ।



कार्यक्रमले विद्यार्थीलाई शैक्षिक गन्तव्य छनोटमा सहयोग पुर्‍याउने हब एजुकेसनले जनाएको छ । 



  • प्रकाशित मिति : मंसिर ७, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया