भारतीय राजदूत–पूर्वराजा भेटघाट आपत्तिजनक : सरकार

काठमाडौं– नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले पूर्वराजा ज्ञानेन्द्रसँग जनकपुरमा भेटेको भन्दै सरकारले सो भेटलाई ‘आपत्तिजनक’ भनेको छ । बिहीबार मन्त्रिपरिषद् बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीतका गतिविधि गर्दै हिँडेका पूर्वराजासँगका भारतीय राजदूतले भेट गर्नु आपत्तिजनक रहेको बताए । 

पूर्व राजासँग भारतीय राजदूतले सरकारलाई जानकारी नदिई किन भेटे भन्ने प्रश्न गम्भीर रहेको उल्लेख गर्दै भारतले नेपालमा नियन्त्रित अस्थिरताको बीजारोपण गर्न त खोजेको भन्दै एक मन्त्रीले आशंका व्यक्त गरे । प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठकमै यो विषयमा आपत्ति प्रकट गरेर स्पष्टीकरण मागिने संकेत दिएको उनको भनाइ छ ।

धार्मिक भ्रमणका लागि भन्दै पूर्वराजा ज्ञानेन्द्र शाह गत साता जनकपुर पुगेका थिए । उनले सर्लाही, धनुषा, सिराहा, उदयपुर र सप्तरीका मठमन्दिरमा पूजाआजा गर्दै आएका छन् । 

अहिले झापाको दमकमा रहेका उनी दुई सातापछि मात्रै काठमाडौं फर्किने बताइएको छ ।





  • प्रकाशित मिति : चैत ८, २०७५ शुक्रबार १८:५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया