नेपाली विद्यार्थीहरूलाई आयरिश विश्वविद्यालयहरूसँग जोड्ने उद्देश्यले हब इन्टरनेशनल एजुकेसनले अन्तर्क्रिया कार्यक्रम आयोजना गर्दैछ । हब एजुकेसनमा आगामी सोमबार (नोभेम्बर २७)मा २ः १५ देखि ४ः १५ बजेसम्म हात्तिसारस्थित कार्यलयमा अन्तरक्रिया कार्यक्रम आयोजना हुँदै छ ।
हब एजुकेसनले लामो समयदेखि नेपाली विद्यार्थी र अन्तर्राष्ट्रिय शिक्षाबीचको खाडललाई कम गर्दै आएको छ । यस कार्यक्रममा आयरल्याण्डमा उत्कृष्ट युनिभर्सिटी अफ गेलवेय र सानन कलेज अफ होटेल म्यानेजमेन्टको बारेमा जानकारी दिइने छ ।
सन् २००६ देखि नेपाली विद्यार्थीहरूका लागि शैक्षिक अवसरहरू उपलब्ध गराउने काममा अग्रपंक्तिमा रहेको हब इन्टरनेशनल एजुकेशनले आयरल्याण्डको शैक्षिक परिदृश्यमा उत्कृष्ट शिक्षा प्रदान गर्ने युनिभर्सिटी अफ गेलवेय र सानन कलेज अफ होटल म्यानेजमेन्टसँग सहकार्य गर्दै आएको छ।
यो कार्यक्रमको उद्देश्य कलेजहरूबारे जानकारी दिनेमात्र नभई आयरल्याण्डलाई अध्ययनको गन्तव्य बनाउने योजना गरिरहेका विद्यार्थीलाई मार्ग दर्शन गर्ने कार्य रहेको हब एजुकेसनले जनाएको छ । यसका साथै कार्यक्रममा आयरल्याण्डको जीवनशैली र संस्कृतिलाई समेत उजागर गरिने छ ।
अन्तरक्रिया कार्यक्रममा युनिभर्सिटी अफ गेलवेयको प्रतिनिधित्वका रूपमा अञ्जु सिंहको उपस्थिति रहनेछ । यस्तै, सारा ओ महोनीले होटल म्यानेजमेन्ट कलेजको प्रतिनिधित्व गर्नेछिन् । कार्यक्रममा उपस्थित विद्याथीहरूले उपस्थित वक्ताहरूमाझ प्रत्यक्ष रूपमा आफूलाई लागेका जिज्ञासा राख्न पाउनेछन् ।
यस कार्यक्रमले विद्यार्थीहरूलाई आयरल्याण्डको बारेमा, आयरल्याण्डमा अध्ययनको अवसर, चुनौती, लागत, वातावरणलगायत अन्य विषयमा वक्ता माझ जिज्ञासा राख्न सुनौलो अवसर प्रदान गर्ने हबले जनाएको छ ।
हब इन्टरनेशनल एजुकेसनकी सिइओ सरिता खड्काले यो कार्यक्रम उत्साहजनक रहने बताइन् । उनले भनिन्, ‘यो कार्यक्रम परिवर्तनकारी अनुभवहरूको प्रवेशद्वार हो। आयरल्याण्डको समृद्ध इतिहास र जीवन्त शिक्षा प्रणालीले व्यक्तिगत र शैक्षिक वृद्धिको लागि अविश्वसनीय अवसर सिर्जना गर्दछ ।’
यस कार्यक्रममा युनिभर्सिटी अफ गेलवेय र सानन कलेज अफ होटेल म्यानेजमेन्टद्वारा प्रदान गरिने शैक्षिक अवसरका बारेमा जान्न चाहने सम्पूर्ण अभिभावक, विद्यार्थी उपस्थित हुन पाउनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।