आँखा बलियाे बनाउन किसमिस

रगतमा प्लेटलेट्सको संख्या कम हुनु स्वस्थ शरीरका लागि राम्रो होइन । त्यसैले डेंगु, टाइफाइडजस्ता रोगका कारण जब शरीरमा प्लेटलेट्सको संख्यामा कमी आउँछ तब चिकित्सकहरू शरीरमा रगत बढाउने खालका खानेकुरा खान सल्लाह दिन्छन् । यसमध्ये किसमिस यस्तो खाद्यवस्तु हो जसमा धेरै पौष्टिक तत्त्व हुन्छ र यसले शरीरमा प्लेटलेट्सको संख्या बढाउन सहयोग गर्छ । चिकित्सकहरूका अनुसार दैनिक पाँचवटा किसमिस खानु शरीरका लागि उत्तम हुन्छ । यसले रगतको कमी हुन दिँदैन । 

शरीरमा प्लेटलेट्सको संख्या कम हुनुलाई थ्रोम्बोसाइटोपिनिया भनिन्छ । एक स्वस्थ मानिसको रगतमा सामान्यतया डेढ लाखदेखि चाढे चार लाख प्रतिमाइक्रोलिटर प्लेटलेट हुन्छ । तर, जब यो डेढ लाखभन्दा तल झर्छ भने त्यसलाई लो प्लेटलेट भनिन्छ । कुनै पनि किसिमको आनुवंशिक रोग, क्यान्सर, डेंगु, मलेरिया वा चिकनगुनिया भएको अवस्थामा रगतमा प्लेटलेटस्को संख्या कम हुन्छ । 

किसमिसले बढाउँछ प्लेटलेट्स

किसमिसमा आइरनको मात्रा धेरै हुन्छ । यसले शरीरमा प्लेटलेट्सको संख्या वृद्धि गर्छ र शरीरलाई मजबुत बनाउँछ । किसमिसलाई खाजाको रूपमा पनि खान सकिन्छ । त्यस्तै, तरकारी, आइसक्रिम, फलफूल, सलादसँग पनि खान सकिन्छ । यसका अतिरिक्त किसमिसलाई दहीसँग पनि खान सकिन्छ । 

रगतको कमी हट्छ

किसमिसमा भरपूर रूपमा आइरन, तामा र कम्प्लेक्स पाइन्छ । यसले रगतको कमी हुनबाट बचाउँछ र यसले रातो रक्तकोषलाई मजबुत बनाउँछ । शरीरमा नयाँ रगत उत्पादनका लागि भिटामिन बी कम्प्लेक्सको आवश्यकता पर्छ, जो किसमिसले पूरा गर्छ । 



आँखाका लागि अति उत्तम

किसमिसमा भिटामिनलगायतका विभिन्न पोषक तत्त्व हुन्छ, जो आँखाका लागि अति आवश्यक हुन्छ । किसमिस खानाले उमेरका कारण हुने आँखाका कमजोरी, मोतियाबिन्दु हुनबाट पनि जोगाउँछ । 
 



  • प्रकाशित मिति : चैत ८, २०७५ शुक्रबार १९:५५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया