आइरन मानव शरीरका लागि अपरिहार्य तत्त्व हो । यो हेमोग्लोनिको एक मुख्य हिस्सा हो । हेमोग्लोबिनको दुई तिहाइ भागमा आइरन हुने गर्छ । यदि शरीरमा आइरनको मात्र कम भयो भने शरीरमा कैयौं प्रकारका समस्या हुन सक्छ । बालबालिकामा आइरनको कमी भएको खण्डमा ‘पिडियाट्रिक ब्लड सेल डिसअर्डर’को खतरा हुन्छ ।
पिडियाट्रिक ब्लड सेल डिसअर्डर बालबालिकामा हुने रक्तकोषसम्बन्धी समस्या हो । मानव शरीरमा सेता रक्तकोष रोग प्रतिरोधक क्षमताका लागि आवश्यक पर्छ । यो समस्या त्यतिखेर हुन्छ जब बोनम्यारोले धेरै या कम मात्रामा सेतो रक्तकोष निर्माण गर्छ ।
जब शरीरमा सेतो रक्तरक्तकोषको कमी हुन्छ तब यसले सामान्य संक्रमणबाट पनि शरीरलाई बचाउन सक्दैन । जबकि सामान्यभन्दा बढी सेतो रक्तकोषका कारण ल्युकिमिया र अन्य प्रकारका संक्रमणको सम्भावना रहन्छ ।
प्लेटलेट्स किन आवश्यक ?
हाम्रो शरीरमा भएको प्लेटलेटले कुनै प्रकारको चोटपटकबाट बग्ने रगतलाई जमाएर बग्नबाट रोक्छ । रक्तकोषमा समस्या हुनुका कारण सही तरिकाबाट प्लेटलेट निर्माण गर्न सक्दैन र अरू चोट लागेपछि थप रगत बग्न थाल्छ । रगतसम्बन्धी विकार रातो रक्तकोष र सेतो रक्तकोषको समान तरिकाले प्रभावित गर्छ ।
रातो रक्तकोषले हाम्रो शरीरलाई अक्सिजन प्रदान गर्छ । जबकि सेतो रक्तकोषले शरीरको सबै प्रकारको संक्रमणबाट बचाउँछ । प्लेटलेट्सले हाम्रो शरीरमा भएको रगत जमाउन सहयोग गर्छ । त्यसैले, शरीरमा रक्तकोषिकासम्बन्धी समस्या आएको खण्डमा शरीर पूरै प्रभावित हुन्छ ।
किन हुन्छ यो समस्या ?
रक्तकोषसम्बन्धी समस्याका लागि सबैभन्दा बढी पारिवारिक कारण मुख्य जिम्मेवार हुन्छ । यो समस्या आमा–बाबुबाट बालबालिकामा सर्ने हुन्छ । यदि गर्भवतीलाई आइरनको कमी भयो भने उनमा रातो र सेतो रक्तकोषको कमी हुन जान्छ । यसकारण आनुवंशिक समस्या हुन्छ ।
यदि बालबालिकालाई कुनै प्रकारको अटोइम्युन रोग हुन्छ, तब यो रगतले प्लेटलेटलाई समाप्त गर्न सुरु गर्छ । यसले रगत जम्ने क्षमता घटाउँछ र चोट लागेको अवस्थामा धेरै रगत बग्छ ।
यसका अतिरिक्त यस्ता केही रोग छन् जो सेतो रक्तकोषको अति छिटो हानि गर्छ । यो अवस्थामा बोनम्यारोले त्यति नै छिटो सेतो रक्तकोष उत्पादन गर्न सक्दैन जति छिटो त्यो नाश भएर गइरहेको हुन्छ र समस्या बढ्न थाल्छ ।
ब्लड सेल डिसअर्डरबाट रोग
यदि तपाईंको रक्तकोषमा कुनै प्रकारको समस्या भयो भने त्यसका कारण एनिमिया, सिकल सेल एनिमियाजस्ता समस्या हुन्छ सक्छ । एनिमिया रगतको कमीबाट हुने समस्या हो । जब शरीरमा रगतको कमी हुन्छ, तब एनिमिया हुन्छ । जबकि सिकल सेल एनिमिया एनिमियाको एक प्रकार हो जो बढीभन्दा बढी आनुवंशिक कारणबाट हुने गर्छ । यो रोगले रातो रक्तकोषलाई प्रभावित गर्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।