धुमपान गर्ने पुरुषका बच्चामा ५० प्रतिशत शुक्राणु कम हुने

एजेन्सी– श्रीमती गर्भवती भएको समयमा धुमपान गर्ने पुरुषका बच्चामा शुक्राणुको मात्रा अन्य व्यक्तिको तुलनामा ५० प्रतिशत कम हुने एक अध्ययनले देखाएकाे छ । 

स्वीडेनको लन्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको एक अध्ययनले यस्तो निष्कर्ष निकालेको हो । अध्ययनकर्ताहरुले स्वीडेनका १७ देखि २० वर्ष उमेर समूहका १०४ जना युवकमाथि अनुसन्धान गरेका थिए ।

गर्भवती महिला निकोटिनको सम्पर्कमा आउँदा बच्चामा पर्ने प्रभावको बारेमा अध्ययन गरेका थिए । अध्ययनकर्ताका अनुसार श्रीमानको धुमपान गर्ने बानीले गर्भमा रहेको बच्चाको प्रजनन क्षमतामा असर पार्ने देखिएको छ । धुमपान गर्ने व्यक्तिको बच्चामा अन्य बच्चाको तुलनामा शुक्राणु संख्या ५१ प्रतिशतसम्म कम हुन सक्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।  

लन्ड विश्वविद्यालयका विशेषज्ञ जोनाथन एक्सेलसनका अनुसार बुवाको धुमपान गर्ने बानीले बच्चामा शुक्राणुको मात्रा निकै कम हुने गर्छ । आमा निकोटिनको सम्पर्कमा नहुँदा पनि यो अवस्था देखिएको छ । 


 





  • प्रकाशित मिति : चैत ८, २०७५ शुक्रबार २१:३४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया