युद्धविरामका बाबजुद गाजामा आपूर्ति संकट जारी

इजरायल र हमास गाजामा ६ हप्ताभन्दा बढी रक्तपातपूर्ण द्वन्द्वपछि कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा शुक्रबारबाट सुरु भएको चार दिने मानवीय युद्धविराममा पुगेका छन् । युद्धविराम सम्झौताको आधारमा, हमासले इजरायलमा राखिएका केही प्यालेस्टिनी बन्दीहरूको बदलामा केही बन्धकहरूलाई मुक्त गर्नेछ । 

इजरायलले खाना, इन्धन र खाना पकाउने ग्यासले भरिएका थप सहायता ट्रकहरूलाई युद्धग्रस्त एन्क्लेभमा प्रवेश गर्न अनुमति दिनेछ । शुक्रबारदेखि खाद्यान्न, चिकित्सा उपकरण र पानीका साथै इन्धन र खाना पकाउने ग्यासलगायत मानवीय सहायताले भरिएका ५ सयभन्दा बढी ट्रकहरू रफाह क्रसिङ हुँदै गाजा प्रवेश गरेका छन् । 

गाजावासीहरू खाना र इन्धन जस्ता आवश्यकताहरूको लागि लाइनमा देखिन्छन् । अर्का एक गाजा निवासीले ग्यासका लागि दुई दिनदेखि उभिरहेको बताए । 

  • प्रकाशित मिति : मंसिर १२, २०८० मंगलबार ११:८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया