भ्रष्टाचार नियन्त्रण नगरेसम्म देशको वास्तविक प्रगति हुँदैन : उपराष्ट्रपति

उपराष्ट्रपति रामसहाय यादवले भ्रष्टाचार नियन्त्रण नगरेसम्म देशको वास्तविक प्रगति हुन नसक्ने बताएका छन् ।

भ्रष्टाचारविरुद्ध अभियानको २७औँ वार्षिकोत्सव तथा अभियन्ता भरत जंगमको ७७औँ जन्मोत्सवका अवसरमा आयोजित सम्मान समारोह तथा युगपुरुष महाकाव्य सार्वजनिकीकरण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

देशबाट गरिबी, बेरोजगारी र पछौटेपन हटाउन जरुरी रहेको भन्दै यादवले शिक्षाको माध्यमबाट जीवनको मूल्य पहिचान गराएर मानिसलाई नैतिकवान्, चरित्रवान् र व्यावहारिक आदर्शवान् बनाउनुपर्नेमा जोड दिए ।

रिपोर्टिङ गर्ने कुरा सरल भए भ्रष्टाचार नियन्त्रण गर्न सजिलो हुने उल्लेख गर्दै उनले भने, ‘यसका लागि बद्नियत सोच राख्नेहरुविरुद्ध विनाडर र त्रास जो–कोहीलाई पनि सम्बन्धित निकायमा रिपोर्ट गर्न सक्ने अधिकार हुनुपर्छ । यसले भ्रष्टाचारलाई धेरै हदसम्म नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास लिएको छु ।’

भ्रष्टाचार मुलुककै लागि कलंक भएको भन्दै उपराष्ट्रपति यादवले यसलाई नियन्त्रण नगरेसम्म देशको वास्तविक प्रगति, उन्नति र विकास कठिन हुने बताए । 

‘प्रत्येक व्यक्तिले भ्रष्टाचारको विरुद्धको कामलाई आफ्नो कर्तव्य ठान्न जरुरी छ’ उनले भने ‘सबैले आत्म समीक्षा गर्दै भ्रष्टाचारलाई जरैदेखि फाल्न आवश्यक छ । भ्रष्टाचारमुक्त समाज र देश निमार्णका लागि सुशासन, सदाचार र व्यवहारको प्रवर्द्धन गर्नु आजको प्रमुख आवश्यकता हो ।’
भ्रष्टाचार नियन्त्रण नगरेसम्म देशको वास्तविक प्रगति हुँदैनः उपराष्ट्रपति



काठमाडौं । उपराष्ट्रपति रामसहाय यादवले भ्रष्टाचार नियन्त्रण नगरेसम्म देशको वास्तविक प्रगति हुन नसक्ने बताएका छन् ।

भ्रष्टाचारविरुद्ध अभियानको २७औं वार्षिकोत्सव तथा अभियन्ता भरत जङ्गमको ७७औं जन्मोत्सव अवसरमा आयोजित सम्मान समारोह तथा युगपुरुष महाकाव्य सार्वजनिकीकरण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।



देशबाट गरिबी, बेरोजगारी र पछौटेपन हटाउन जरुरी रहेको भन्दै यादवले शिक्षाको माध्यमबाट जीवनको मूल्य पहिचान गराएर मानिसलाई नैतिकवान, चरित्रवान र व्यावहारिक आदर्शवान बनाउनुपर्नेमा जोड दिए ।

रिपोर्टिङ गर्ने कुरा सरल भए भ्रष्टाचार नियन्त्रण गर्न सजिलो हुने उल्लेख गर्दै उनले भने, ‘यसका लागि बद्नियत सोच राख्नेहरुविरुद्ध बिना डर र त्रास जोकोहीलाई पनि सम्बन्धित निकायमा रिपोर्ट गर्न सक्ने अधिकार हुनु पर्छ । यसले भ्रष्टाचारलाई धेरै हदसम्म नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास लिएको छु ।’

भ्रष्टाचार मुलुककै लागि कलंक भएको भन्दै उपराष्ट्रपति यादवले यसलाई नियन्त्रण नगरेसम्म देशको वास्तविक प्रगति, उन्नति र विकास कठिन हुने बताए । 

‘प्रत्येक व्यक्तिले भ्रष्टाचारको विरुद्धको कामलाई आफ्नो कर्तव्य ठान्न जरुरी छ’ उनले भने ‘सबैले आत्म समीक्षा गर्दै भ्रष्टाचारलाई जरैदेखि फाल्न आवश्यक छ । भ्रष्टाचारमुक्त समाज र देश निमार्णका लागि सुशासन, सदाचार र व्यवहारको प्रवर्द्धन गर्नु आजको प्रमुख आवश्यकता हो ।’
 

  • प्रकाशित मिति : मंसिर १२, २०८० मंगलबार १६:३४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया