मध्यरातमा प्रहरीले पक्रियो हेमन्तप्रकाश ओलीसहित विप्लवका ८ नेता–कार्यकर्ता

काभ्रे– आज राती प्रहरीले विप्लव समूहका मध्य कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओलीसहित ८ नेता–कार्यकर्तालाई पक्राउ गरेको छ ।

ओलीसहित धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की,  देव घिमिरे र लोकेन्द्र खड्कालाई महानगरीय प्रहरी अपराध महाशाखा, विशेष ब्युरो र काभ्रे प्रहरीको संयुक्त टोलीले काभ्रेबाट पक्राउ गरेको हो ।

ओली विप्लवपछि तेस्रो वरीयताका नेता हुन् । प्रहरीका अनुसार उनले नख्खुसहित काठमाडौंमा भएका ठूला विस्फोटको जिम्मेवारी लिएका थिए ।





  • प्रकाशित मिति : चैत ९, २०७५ शनिबार ७:४२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया