पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी लिमा अधिकारी रास्वपाको केन्द्रीय कोषाध्यक्षमा चयन भएकी छन् । आज सम्पन्न पार्टीको बैठकले एमालेका दिवंगत नेता अधिकारीकी छोरी लिमालाई कोषाध्यक्ष बनाएको हो ।
गत वर्ष फागुनमा रास्वपा प्रवेश गरेकी लिमा यसअघि रास्वपाको केन्द्रीय सदस्य थिइन् । २२ वर्ष एमालेको संगठित सदस्य रहेकी उनी एमालेको उद्योग विभागमा पनि थिइन् ।
एमाले फुटेपछि नेकपा एकीकृत समाजवादीमा लागेर उनी सो पार्टीको केन्द्रीय परिषद सदस्य बनेकी थिइन् । गत प्रतिनिधिसभाको चुनावमा समानुपातिकको बन्दसूचीमा उनको नेकपा एसले उनको नाम पनि राखेको थियो । तर, थ्रेसहोल्ड कटाउन नसक्दा एसले समानुपातिकतर्फका सिट पाउन सकेन ।
लोकप्रिय अर्थमन्त्री बनेर पिता भरतमोहनले देखाएको बाटोमा उनकी माइली छोरी लिमा लागेकी छिन् । तर, फरक पार्टीको कोषाध्यक्ष बनेर ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।