घानामा दुई बस ठोक्किँदा कम्तीमा ६० जनाको मृत्यु, ‘गलत ट्र्याकमा गुडेकाले दुर्घटना’

कारकास– दुई बस एकआपसमा ठोक्किँदा शुक्रबार घानामा कम्तीमा ६० जनाको मृत्यु भएको छ । पछिल्लो पाँच वर्षमा यो देशकै सबैभन्दा ठूलो दुर्घटना हो । 

स्थानीय अधिकारीहरूका अनुसार राजधानी कारकासदेखि ४३० किलोमिटर टाढा पर्ने बोनो पूर्वी क्षेत्रमा स्थानीय समयअनुसार राती २ बजे दुर्घटना भएको हो । 

सवारी साधनहरू गलत ठाउँमा गुडेकाले दुर्घटना भएको स्थानीय प्रहरी प्रमुख जोसेफ अन्तवी ग्यावुलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।  

दुर्घटनामा परी कम्तीमा ६० जनाको मृत्यु भएको पुष्टि भएको छ, एकआपसमा ठोक्किएका बसमध्ये एउटा जलेर पूर्ण रुपमा नष्ट भएको छ भने अर्को क्षतिग्रस्त भएको छ । 

दुवै बसमा ५० ५० जना यात्रु थिए । ठोक्किएर बसमा आगलागी भएपछि यात्रुहरु बसभित्रै जलेका अधिकारीहरुले जनाएका छन् । किन्ताम्पो सरकारी अस्पतालका चिकित्सक अवामे अर्हिमले दुर्घटनामा परी घाइते भएका २८ जनाको उपचार भइरहेको जानकारी दिएका छन् । 

उनका अनुसार, घाइतेमध्ये अधिकांशको टाउकोसहित शरिरका विभिन्न अङ्गमा चोट लाग्नुका साथै कतिपयको विभिन्न अङ्ग जलेका छन् । उपचार गराइरहेका २८ जनामध्ये ७ जनाको अवस्था गम्भीर छ । 



स्थानीय सञ्चार माध्यमहरुका अनुसार एउटा बसका चालकले नियन्त्रण गुमाएपछि त्यो बस अर्को बससँग ठोक्किएर दुर्घटना भएको हो । 



  • प्रकाशित मिति : चैत ९, २०७५ शनिबार ८:७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया